माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज
के के छन् त छलफलका एजेन्डा

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता, पार्टी सांगठानिक संरचना निर्धारणबारे कार्यदलको सुझाव लगायत विषयमा छलफल गर्न मोओवादी केनद्रले स्थायी कमिटी बेठक बोलाएको छ ।
काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय कमिटी बैठकको मिति र एजेन्डा समेत तय गर्ने माओवादी केन्द्रले जनाएको छ ।
प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिन नसक्नेले नयाँ सरकार बनाउने सपना देखेको भन्दै पटक/पटक कटाक्ष गर्दै आएका छन् ।
गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले माओवादी केन्द्रलाई २०७५ जेठ ३ गते अगाडी कै पूर्ववत अवस्थामा फर्काइदिएपछि माओवादी केन्द्रले नयाँ सत्तासमिकरणका लागि प्रयास गरिरहेको छ ।
यद्धपी कांग्रेस र जनता समाजवादी पार्टीले निर्णय दिन नसक्दा माओवादी केन्द्रले पहल थालेको डेढ महिना बितिसक्दा पनि निष्कर्षमा पुग्न सकेको छैन ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अब नयाँ सरकार बने/नबने पनि ओली सरकारलाई दिएको समर्थन लिखित रुपमै फिर्ता दिने बताएका छन् । माओवादीले समर्थन फिर्ता लियो भने ओलीले प्रतिनिधि सभाबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
एमाले एक्लैको बहुमत नपुग्ने र अन्य दलको समर्थन नभएपछि अल्पमतमा पर्ने भएकाले ओलीले संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनुपर्छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक कार्यक्रमहरुमा अब चाँडै नयाँ सरकर बन्ने बताउँदै आएका छन् ।










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया