सामाजिक सद्भाव कायम गर्दै पर्व मनाउन काठमाडौं प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दिपावली (तिहार), नेपाल संवत तथ छठलगायत पर्व सामाजिक सद्भाव र भाइचारा कायम गरेर मनाउन आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जारी गरेको सूचनामा चाडपर्वको अवसरमा शान्ति सुरक्षामा असर पार्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैंझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरेको छ ।
त्यस्तै, कानुनविपरीत जुवातास, लंगुरबुर्जा खेल्ने÷खेलाउने, भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने तथा वातावरण प्रदूषण हुने विष्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रिवितरण गर्नेजस्ता कार्य नगर्न÷नगराउन पनि अनुरोध गरेको छ । ‘कानुनले निषेध गरेका यस्ता गतिविधि गरे÷गराएमा कानुनबमोजिम कारबाही भइजाने व्यहोरासमेत सूचित गरिन्छ’, सूचनामा भनिएको छ।
सूचना अधिकारीसमेत रहेको पौडेलले देउसी भैलोलगायत सांस्कृतिक कार्यक्रमहरु मर्यादित, अनुशासित एवं व्यवस्थित ढंगले सञ्चालन गर्न पनि आग्रह गरेका छन् ।
















मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया