१४० भन्दा बढी रोहिंग्या शरणार्थी इन्डोनेसियामा

काठमाडौ। पश्चिमी इन्डोनेसियामा बिहीबार कम्तिमा १४६ रोहिंग्या शरणार्थीहरू आइपुगेको स्थानीय अधिकारीले बताएका छन् । अधिकारीका अनुसार समुद्रको अवस्था शान्त भएपछि उत्पीडित अल्पसङ्ख्यक शरणार्थीहरू आगमन पुनः बढेको छ ।
मुस्लिम समुदायका रोहिंग्याहरूलाई म्यानमामा असमानता र आफ्ना अधिकारहरु बाट वञ्चित भई हरेक वर्ष मलेसिया, इन्डोनेसियालगायतका देशमा पुग्न लामो र खतरापूर्ण समुद्री यात्रा गर्ने गर्छन् ।
उत्तरी सुमात्रा प्रान्तको पान्ताई लाबु सहरमा अवतरण गरेको डङ्गामा ६४ जना पुरुष, ६२ जना महिला र २० जना बालबालिका शरणार्थीहरू रहेको स्थानीय अधिकारी मुहम्मद फैसल नसुसनले बताउनु भएको छ ।
उहाँका अनुसार शरणार्थीहरूलाई स्थानीय जिल्ला कार्यालय स्थित अस्थायी आश्रयमा लगिएको जहाँ उनीहरू स्थानान्तरणको प्रतीक्षामा छन् ।
नासुसनले भोका नाङ्गा तथा तकित अवस्थामा रहेका शरणार्थीहरूलाई स्थानीयहरूले कपडा तथा खाद्यान्न उपलब्ध गराएको बताएका छन्।
उनीहरू संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसीआर) को स्थानान्तरणको थप निर्देशनको प्रतिक्षामा रहेको र शरणार्थीहरूलाई सहयोगार्थ एउटा टोली घटनास्थलमा रहेको इन्डोनेसियामा युएनएचसीआरका लागि सुरक्षा सहयोगी फैसल रहमानले बताएका छन् ।
उत्तरी सुमात्राको सिमानामा रहेको दक्षिणी आचेहको तटबाट एक माइल टाढा एक सय भन्दा बढी शरणार्थीको अर्को समूह रहेको उल्लेख गर्दै युएनएचसीआरले बिहीबार उनीहरूको उद्धारको योजना बनाएको जनाएको छ ।













देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल
थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
प्रतिक्रिया