७ वर्षपछि मामा गोविन्दालाई भेट्न गए कृष्णा अभिषेक

काठमाडौं । भारतीय अभिनेता गोविन्दा र उनका भान्जा तथा कमेडियन कृष्णा अभिषेकबीचको झगडा टुंगिएको छ।
हालै कृष्णाले आफ्नो ७ वर्ष पुरानो झगडा बिर्सेर मामा गोविन्दको घर पुगेर उनको हालखबर सोधे।
मामालाई भेटेपछि कृष्णाले भने, ‘अष्ट्रेलियाबाट फर्किएपछि मामाको घर गएँ। ७ वर्षपछि मामाको घर जाँदा आधा वनवास पूरा गरेको जस्तो लाग्यो। उहाँ ठिक हुनुहुन्छ। मैले उहाँसँग लगभग १ घण्टा बिताएँ र सात वर्षपछि नम्मो (गोविन्दाकी छोरी टीना आहूजा) सँग भेटेँ। यति धेरै इमोशनल मोमेन्ट थियो। मैले उनलाई अँकमाल गरेँ। मलाई खुशी लाग्यो किनकी त्यहाँ विगतको कुरा भएन।’
केही समयअघि आफ्नै लाइसेन्स प्राप्त रिभल्भर सफा गर्ने क्रममा गल्तीले गोली चल्दा गोविन्दाको खुट्टामा लागेको थियो। त्यसपछि उनी अस्पताल भर्ना भएका थिए। उपचारको तीनदिनपछि डिस्चार्ज भएका उनी यतिखेर घरमा आराम गरिरहेका छन्।
सन् २०१६ मा कृष्णाको एउटा अभिव्यक्तिले मामासँगको सम्बन्ध बिग्रिएको थियो। कपिल शर्मा शोमा उनले गोविन्दालाई आफ्नो मामा बनाएर राखेको बताए। उनको यो कुरा गोविन्दालाई मन परेन। कृष्णाको अभिव्यक्तिको टिप्पणी गर्दै गोविन्दाले भनेका थिए, ‘पैसाको लागि टेलिभिजनमा कसैको बेइज्जती गर्न हुँदैन।’
















शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ
इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप
मन्त्रिपरिषद् बैठक सुरु
धनुषामा स्नातकोत्तर सम्मेलन सुरु
अटोपत्रकार संघ जामको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पौडेल र महासचिवमा श्रेष्ठ
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ
प्रतिक्रिया