एमालेको महाधिवशेन आयोजक कमिटीको बैठक बस्दै
खनाल–नेपाल समूहले बहिस्कार गर्ने

काठमाडौं । नेकपा एमालेले पछिल्ला राजनीतिक विषयमा छलपल गर्न महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।
दिउँसो १ बजे वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकमा राजनीतिक, चुनावी र बैचारिक विषयमा छलफल हुने एमालेले जनाएको छ ।
बैठकमा राजनीतिक प्रतिवेदन, १०औं महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।
महाधिवशेन आयोजक कमिटीको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको झलनाथ खनाल र माधव नेपाल समूहका नेताले भने बैठकमा सहभागी नहुने बताएका छन् ।
माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले आफूहरु बैठकमा सहभागी नहुने बताइन् । महाधिवेशन आयोजक कमिटी नै अवैधानिक भएको भन्दै उनले बैठकमा नजाने बताएकी हुन् ।
यसअघि हिजो एमाले अनुशासन कमिटीका अध्यक्ष अमृतकुमार यो बैठकले पार्टीको आन्तरिक विवादलाई थप असहज बनाउने भन्दै रोक्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
















अध्यक्ष ओलीद्वारा बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त
बैतडी बस दुर्घटनाका घाइतेको उपचार प्रबन्ध मिलाउन सरकारलाई गगन थापाकाे आग्रह
मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने
साढे १७ लाख ठगी गर्ने २ जना पक्राउ
नागरिकको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छः सभापति थापा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया