लुम्बिनी प्रदेशमा अर्घाखाँची प्रहरी उत्कृष्ट
मेरोन्यूज
२०८१ कार्तिक ९ गते २०:४६

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले कार्य सम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदेशका अन्य जिल्ला प्रहरीको तुलनामा उत्कृष्ट नतिजा प्राप्त गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालयबीच भएको कार्यसम्पादन मूल्याङ्कनमा तोकिएका नतिजा सूचकहरु उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको हो ।
‘सुरक्षित गाउँ सहर, प्रदेश प्रहरीको रहर’ अभियानमा उत्कृष्ट कार्य गरेबापत् लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी अर्घाखाँचीलाई प्रशंसापत्र प्रदान गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताए ।
लुम्बिनी प्रदेश प्रहरीले प्रदेशका १२ वटा जिल्ला प्रहरी कार्यालयसँग प्रत्येक वर्ष कार्य सम्पादन सम्झौता गर्दै आएको छ । गत वर्षको मूल्याङ्कनमा पनि अर्घाखाँची प्रहरी नै प्रथम भएको थियो ।
सम्बन्धित
















होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया