लुम्बिनी प्रदेशमा अर्घाखाँची प्रहरी उत्कृष्ट
मेरोन्यूज
२०८१ कार्तिक ९ गते २०:४६

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले कार्य सम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदेशका अन्य जिल्ला प्रहरीको तुलनामा उत्कृष्ट नतिजा प्राप्त गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालयबीच भएको कार्यसम्पादन मूल्याङ्कनमा तोकिएका नतिजा सूचकहरु उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको हो ।
‘सुरक्षित गाउँ सहर, प्रदेश प्रहरीको रहर’ अभियानमा उत्कृष्ट कार्य गरेबापत् लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी अर्घाखाँचीलाई प्रशंसापत्र प्रदान गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताए ।
लुम्बिनी प्रदेश प्रहरीले प्रदेशका १२ वटा जिल्ला प्रहरी कार्यालयसँग प्रत्येक वर्ष कार्य सम्पादन सम्झौता गर्दै आएको छ । गत वर्षको मूल्याङ्कनमा पनि अर्घाखाँची प्रहरी नै प्रथम भएको थियो ।
सम्बन्धित
















मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया