बुधबार, चैत ४, २०८२

आज कार्तिक १० गते शनिबार, कस्तो रहला तपाईंको दिन ?

मेरोन्यूज २०८१ कार्तिक १० गते ७:३४

आज बि.सं.२०८१ कार्तिक १० गते शनिबार ई.सं.२०२४ अक्टोबर २६ नेपाल सम्बत ११४४ कौलागा दशमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक कृष्ण नवमी, चन्द्रमा कर्कट राशिमा, अश्लेशा नक्षत्र, शुक्ल योग, वणिज करण ।

Advertisement
nepal life insurencenepal life insurence

मेष : समय त्यति अनुकूल छैन । शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। घर–परिवारमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। 

वृष : स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। मध्याह्नदेखि भने आफन्तहरू टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

मिथुन : धन नाश, मन अस्थिर भए पनि दिउँसोदेखि भने मान–सम्मान, उन्नति हुने सम्भावना छ ।

कर्कट : शुरुमा उपहारादि वस्तु प्राप्ति, कार्य सफल तर दिउँसोदेखि भने खर्च, तनाव हुने देखिन्छ ।

सिंह : आज शुभ कार्यमा सरिक भइने छ । महिला वा मित्रबाट साथ, सहानुभूति र विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कन्या : मिष्ठान्न भोजन, पारिवारिक सुख होला । दिउँसोदेखि भने अस्वस्थता नहोला भन्न सकिन्न ।

तुला : तपाईंका लागि दिन उत्तम छ । कामकाज सफल, मिष्ठान्न भोजन, द्रव्य प्राप्ति हुन सक्छ ।

वृश्चिक : पूर्वाह्न राज्यबाट भय होला । मध्याह्नदेखि भने कार्य सिद्धि, सुख, लाभ हुने सम्भावना छ ।

धनु : समय अनुकूल छैन । रोगको भय, कार्य बाधा, आर्थिक नोक्सानी, राज्य भय, अपयश हुन सक्छ ।

मकर : आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । 

कुम्भ : समय उत्तम छ । आर्थिक लाभ, प्रतिस्पर्धी वा शत्रुमाथि विजय, पठनपाठनमा सफलता होला ।

मीन : कार्य नाश, सन्ताप हुन सक्छ तर मध्याह्नबाट भने द्रव्य लाभ, शत्रु विजयको सम्भावना छ ।

प्रतिक्रिया