बिपी बर्न अस्पताल पुनः सञ्चालन हुँदै

सुनसरी । सुनसरी धरान उपमहानगरपालिकास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘बर्न अस्पताल’ सञ्चालनको तयारी गरिएको छ । सञ्चालन भएर बन्द भएको अस्पताललाई पुनः सञ्चालन गर्ने तयारी भएको बिपीका सहप्रवक्ता डा. अभिजित कुमारले जानकारी दिए ।
जलेका बिरामीलाई उपचारका लागि छुट्टै सेन्टर सञ्चालनको तयारी अन्तिम चरणमा पुर्याएको उनले जानकारी दिए । आगलागी वा अन्य कुनै दुर्घटनामा जलेका बिरामीलाई सहज होस् तथा उपचार अभावका कारणले अकालमा ज्यान गुमाउन नपरोस् उद्देश्यले अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।
जलेका बिरामीको उपचारका लागि छुट्टै भवन निर्माण गरेर ३० शैंयाको बर्न सेन्टर सञ्चालनमा ल्याउन लागेको उनले बताए । बर्न सेन्टरका लागि आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको र भौतिक पूर्वाधारको काम समेत अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । सबै तयारी अन्तिम चरणमा पुगेकाले अबको एक महिनाभित्रमा सेन्टर सञ्चालनमा आउने प्रतिष्ठानका सहप्रवक्ता डा अभिजित कुमारले बताए ।
तत्काल ३० वटा शैंया भएको बर्न अस्पताल सञ्चालन गर्ने तयारी भएको र अहिले २० वटा जेनरल शय्या तयारी भइसकेको र बाकी १० वटा शय्यामा आइसियु र गम्भीर किसिमका बर्नका बिरामीको उपचारका लागि व्यवस्थापन गर्ने तयारी भएको बिपीका प्रवक्ता अभिजितले जानकारी दिए । अस्पतालमा लिफ्टको काम गर्न बाँकी रहेकाले काम समापन भएसँगै बर्न अपस्पताल सञ्चालन गर्ने उनले बताए ।
अस्पतालमा लिफ्टका लागि ‘टेन्डर’ आह्वान गरिसकेको छ । बर्नका बिरामी ‘सिजनल’ आउने गरेकाले बिपीमा ३० वटा शैंयाले पुग्ने उनले बताए। धरानमा बर्न सेन्टर सञ्चालनमा आएपछि जलेका बिरामीलाई उपचारका लागि सङ्घीय राजधानी धाउनुपर्ने बाध्यता अन्त हुने उनको भनाइ छ । यहाँ सुनसरीसहित कोशी प्रदेश र मधेश प्रदेशका जनकपुरसम्मका बिरामीले सेवा लिने प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित कुमारले जानकारी दिए ।










एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ४० अर्ब रुपैयाँ खिच्ने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया