उन्नत पदार्थ विज्ञानसम्वन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सम्पन्न

काठमाडौँ । उन्नत पदार्थ विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ। नेपाल पोलिमर इन्स्टिच्युट त्रिभुवन विश्वविद्यालय, कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सेस, दिन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, भारत र आई पी डब्लु जर्मनीको आयोजनामा कात्तिक ६ देखि ८ गतेसम्म बुढानीलकण्ठमा सम्मेलन भएको थियो।
दक्षिण एसियाली मुलुकका पदार्थ विज्ञानको क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहेका पदार्थ वैज्ञानिकहरू र विश्वभरका वैज्ञानिकहरूबिचको वैज्ञानिक सहकार्यलाई स्थापित र सुदृढ गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ। सम्मेलनमा नयाँ र स्मार्ट पदार्थहरू, हरित र दिगो प्रविधिहरू, चक्रीय अर्थतन्त्र, नानो/बायो–आधारित अति सूक्ष्म पदार्थहरू, टिस्यू इन्जिनियरिङ, कम्प्युटेसन प्राविधिकहरूमा छलफल केन्द्रित थियो।
नेपाल पोलिमोर इन्स्टिच्युटका अध्यक्ष तथा सम्मेलन आयोजक समितिका संयोजक प्रा.डा. रामेश्वर अधिकारीले नानो/बायो, हरित र दिगो प्रविधिलगायतका पछिल्ला अनुसन्धानका क्षेत्रमा नेपालमा भए, गरेका अध्ययन अनुसन्धानलाई विश्व समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरेको बताए।
वैज्ञानिक सम्मेलनलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराल र दिन दयाल विश्वविद्यालय गोरखपुरकी उपकुलपति प्रा.डा. पुनम टन्डनले संयुक्त रूपमा उद्घाटन गरेका थिए। सम्मेलनमा नेपाललगायत फ्रान्स, जर्मनी, दक्षिण अफ्रिका, जापान, भारत, अमेरिका, चीन, नर्वेलगायतका देशहरूबाट आएका प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता, युवा वैज्ञानिकहरू तथा तथा विद्यार्थीहरू सहभागी भएकाे नेपाल पोलिमर इन्स्टिच्युटका पूर्वअध्यक्ष डा. राजेश पण्डितले बताए।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया