एमाले महाधिवेशन आयोजक समिति बैठक
एमाले हौं भनेर एमालेकैविरुद्ध मतदान गर्नेलाई अब छोडदैनौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवंम एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेकै आवरणमा एमालेमाथी नै आक्रमणमा उत्रनेहरुलाई अव पार्टीले छुट नदिने बताएका छन् ।
पार्टी महाधिवशेन आयोजक समितिको बैठकलाई वालुवाटारमा सम्वोधन गदै प्रधानमन्त्री ओलीले एमालेकैविरुद्ध मतदान गर्ने, पार्टीविरुद्ध गतिविधि गर्ने र समानान्तर कमिटीहरु चलाई राख्नेलाई अव एमालेले नछोडने बताए ।
‘अरुका एजेण्डा बोकेर बैठकमा आउने, एमाले पनि हुँ भन्ने अनि एमालेकै विरुद्ध मतदान गर्ने, पार्टी विरोधी गतिविधि गर्ने र समानान्तर गतिविधि त्यो पनि एमालेकै नाममा चलाउनेहरुलाई अव छोडिन्न,’ प्रधानमन्त्री ओलीले बैठकको शुरुमै सम्वोधन गर्दा ब्यक्त गरेको भनाई उदधृत गदै एक आयोजक समितिका नेताले मेरो न्यूजसग भने,–‘अव पार्टी हित विपरित गतिविधि गर्नेहरु थप कडा कारवाहीमा पर्नेछन् । उनीहरुलाई एमालेको नाम लिएर गतिविधि गर्ने छुट छैन । कारवाहमिा पर्नेछन् ।’
ओलीले कर्णाली प्रदेशमा पार्टीको हिवप विपरित माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीलाई मत दिएर उनको सरकार जोगाईदिएका एमालेका माधव नेपाल पक्षका नेताहरुलाई लक्षित गदै कडा कारवाही गर्ने चेतावनी दिएका हुन् ।
ओलीले भने,- प्रचण्डको पाउमा एमाले पार्टी चढाउने, कांग्रेस लगायत गैर कम्युनिष्टहरूको नेतृत्वमा सरकार बनाउन हामी फ्लोर क्रस गर्नेछौं । यो सरकार तुरुन्त ढाल्नु पर्यो भन्ने रोदन गर्दै घर दैलो गर्न थालेका छन् । यस्ता अराजक,अस्थिर,अत्यन्त घातक देशद्रोही तथा कम्युनिष्ट आन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिको विरुद्ध पार्टीले कडा भन्दा कडा कारवाही गर्नेछ ।’
उनले पार्टीमा अरुका एजेण्डा बोकेर आउनेलाई छुट नहुने भन्दै पार्टीकै पक्षमा लाग्ने गरी मात्र आउन आग्रह समेत गरे ।
प्रधानमन्त्रीले जति गर्दा पनि एमालेलाई कसैले केही गर्न नसक्ने पनि वताए । उनले भने, ‘केपी ओलीलाई घोक्र्याउँछौं, धुलौ चटाउँछौं, भित्तामा टाँस्छौं भन्दै हिड्ने प्रचण्ड र माधव नेपाललाई अब जनताले धुलो चटाउनेछन् र भित्तामा टाँस्नेछन् ।’
ओलीले महाधिवशेन आयोजक कमिटिको वैठकमा त्यसतो वोलिरहदा माधव नेपाल र झलनाथ खनालले भने उक्त बैठक वहिष्कार गरेको छ । माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई भने एमालेले पार्टी वाट निलम्बन गरेको छ ।
अन्य नेताहरुले वैठक वहिष्कार गर्ने भने पनि आजको बैठकमा नेपाल पक्षका नेताहरु विष्णु रिजाल, सोम मिश्र भने सहभागी भएको ति नेताले बताए । वैठकमा महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन पेस गदैछन् ।
















वीरगञ्जमा झगडा हुँदा एक जनाको मृत्यु
समृद्ध नेपालका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्छ : अध्यक्ष घिसिङ
रुपन्देही–३ का प्रलोपाका उम्मेदवार काराखेती पार्टीबाट निष्कासित
Power production should be increased for prosperous Nepal: Chair Ghising
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
प्रतिक्रिया