लुम्बिनी सरकारबाट माओवादी बाहिरियो, जसपाको रोचक इन्ट्री

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वास प्र्रस्ताव दर्ता गराएका जनता समाजवादीका तीन सहित ४ सांसद लाई समेटेर मुख्यमन्त्री पोखरेलले मन्त्रिमण्डल विस्तार गरेका छन् ।
उनीहरुलाई प्रदेश प्रमुख धर्मनाथ यादवले आजै प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराएका छन् ।
यसरी मिन्त्रमण्डलमा समेटिनेमा सन्तोष पाण्डे, विजयकुमार यादव र कल्पना पाण्डे र सुमन रायमाझी छन् ।
भौतिक पूर्वाधारमा सन्तोष पाण्डे, यस अगाडी भौतिक पूर्वाधार मन्त्री रहेका बैजनाथ चौधरी थारुले आर्थिक मामिला तथा योजना मन्त्रालय साथै ग्रामीण तथा शहरी विकास मन्त्रालय, उद्योगमन्त्री लीला गिरीलाई आन्तरिक मामिला तथा कानून र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
कृषिमन्त्री आरती पौडेललाई उद्योग वन तथा वातावरण, कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री, विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।
माओवादीका दुई मन्त्रीले सोमबार मात्तै राजीनामा दिएर मुख्यमन्त्री पोखरेल विरुद्धको अविश्वास प्रस्ताव ल्याएका थिए । अविश्वास प्रस्तावमा माओवादीका कुलप्रसाद केसी नयाँ मुख्यमन्त्रीका रुपमा प्रस्तावित गरेर काग्रेस, माओवादी केन्द्र र जसपाले संयुक्त रुपमा ४१ जना सांसदको हस्ताक्षर गरेर अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए ।
तर मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्ताव मै हस्ताक्षर गरेका जसपाका तीन सहित ४ जनालाई मनित्रमण्डलमा समेटेर आजै सपथ खुवाई आफनो सरकार वलियो वनाएका छन् ।
लुम्बिनीमा नयाँ सरकार गठनका लागि ४३ सांसदको आवश्यक पर्छ । एमाले सिंगो साग ४१ सांसद छ । जसपाको ६ मध्ये ४ सिट मात्रै आफनो पक्षमा मुख्यमन्त्रीले राखेपनि उनको पद जोगिने छ ।
उनले जसपाका ४ नेतालाई मन्त्री बनाएर आफनो पद सुरक्षित बनाएका छन् । अव अविश्वास प्रस्तावमा माधव नेपाल पक्षले कर्णालीमा जसरी काग्रेस माओवादी गठवन्धनमा गएर सहयोग गरेनन भने मुख्यमन्त्री पोखरेल सुरक्षित हुनेछन् ।
















झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया