कोरोना बढेपछि सरकारले दियो यस्तो आदेश (हेर्नुहाेस् केके गर्न पाइँदैन ?)
सार्वजनिक यातायातमा मास्क अनिवार्य, सीट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने

काठमाडौं । कोरोना संक्रमण बढेसँगै सरकारले जोखिम न्यूनीकरणका लागि विभिन्न आदेश जारी गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संक्रामक रोग ऐन, २०२० को दफा (२) बमोजिम आदेश जारी गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
सरकारले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका महानगरपलिका, नगरपालिका, विराटनगर, वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिका, इटहरी, धरान, जनकपुर, हटौँडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज र धनगढी उपमहानगरपालिका, मेची नगर, विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर तथा भीमदत्तनगर नगरपालिकामा रहेका शैक्षिक संस्था, विद्यालय, इन्ष्टिच्यूट, तालीम केन्द्रलगायतलाई यही वैशाख मसान्तसम्म भौतिकरुपमा उपस्थित नभई भर्चुअल तथा बैकल्पिक शिक्षण सिकाइ विधि अपनाई सञ्चालन गर्ने आदेश जारी गरेको छ ।
विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षा भने जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन हुनेछन् । सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, डान्स क्लब, हेल्थ क्लब, जिम खाना, पौडी पोखरी, फुटसल, आमसभा, जुलुस, हाटबजार, रंगाशालामा हुने दर्शकसहितका खेल र मानिसको भीडभाड हुने सबै प्रकारका कार्य पनि वैशाख मसान्तसम्म बन्द गरिएको छ ।
मठ मन्दिर, मस्जित, गुम्बा, चर्चलगायत धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी वैशाख मसान्तसम्म नित्यपूजा, ध्यान र प्राथना मात्र गर्न पाउने, एक पटकमा २५ जनाभन्दा बढी हुन नहुने, सामाजिक दूरी अवलम्बन गर्ने गरी सपिङ मल, डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने, मास्क र साबुन पानीको व्यवस्था व्यवस्थापकले नै गर्नुपर्ने, मेला, जात्रा, पर्व, विवाहलगायत धार्मिक अनुष्ठान र मलामीलगायत धार्मिक तथा परम्परागत कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन पाइनेछैन ।
विवाह वा ब्रतबन्धका लागि पार्टी प्यालेसको प्रयोग गर्नुपर्दा स्थानीय प्रशासनको पूर्वस्वीकृति लिनुपर्ने, सभा, सम्मेलन, गोष्ठी, तालीमलगायत क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यामबाट गर्नुपर्ने, भौतिक रुपमा उपस्थित भई गर्नै पर्ने भएमा बढीमा २५ जना मात्र उपस्थित हुनुपर्नेछ ।
सार्वजनिक यातायातमा सीट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी सधानको ढोका र भित्र स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्ने, चालक र सवारी चालकले मास्क अनिवार्य लगाउनुपर्ने, सवारी सधानलाई दैनिक निसंक्रमण गर्नुपर्नेछ ।
हवाई जहाजका चालक र यात्रुलाई अनिवार्य मास्क, जहाज र झोलालाई स्यानिटाइज गर्नुपर्ने, कार्यालय र पसलमा स्यानिटाइजरको व्यवस्था अनिवार्य गर्ने, कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले रु १० लिई मास्क प्रदान गर्नुपर्ने, मास्क नलगाउने व्यक्तिलाई कार्यालय प्रवेशमा रोक लगाउने आदेश जारी गरिएको मन्त्री गुरुङले जानकारी दिए ।
यस्तै होटल तथा रेष्टुरेन्टले बिहान ८ देखि बेलुका ८ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सेवा दिनुपर्ने, अन्य समयमा होम डेलिभरी गर्नुपर्ने, राष्ट्रिय राजमार्गमा सञ्चालित होटल तथा रेष्टुरेन्टले जनस्वास्थ्यका मापदण्ड पालना गरी भीडभाड हुन नदिने व्यवस्था मिलाउने, नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणाली लागू गर्न व्यवस्था मिलाउने, नियमित सञ्चालन हुने स्वास्थ्य संस्था स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्नेछ ।
सरकारले जारी गरेकाे आदेश हेर्नुहाेस् :
















NAAMP and Connect Kisan Sign MoU to provide digital agricultural advisory to farmers
आचारसंहिता उल्लंघन गर्ने ५१ दल तथा उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
नेपाल-कतार संयुक्त व्यवसाय परिषद्को बैठक सम्पन्न, द्विपक्षीय लगानी र व्यापार विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
नेपाल ‘ग्रे लिस्ट’मा पर्नु चुनौतीसँगै ठूलो अवसर पनि हो : गभर्नर पौडेल
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया