सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने भएको छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आज मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने निर्णय गर्नुभएको हो ।
नेपाल विद्युत् प्राधिकरण विद्युत् महसुल सङ्कलन विनियमावली २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत् महसुल छुटको व्यवस्थाअनुसार उनले उक्त निर्णय गरेका हुन् ।
आजै मन्त्रालयले सबै सरकारी अस्पतालमा समयमै महसुल भुक्तान गरेर छुट सुविधा लिन मातहतका संस्थामा पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीेले जानकारी दिए ।
उनले समयमै महसुल भुक्तानी नहुँदा एकातिर लाइन काटिनेसम्मको समस्या हुने र जरिवानासमेत उच्च हुने तर २० दिनभित्रै भुक्तानी हुँदा ठूलो रकम बचत हुने भए पछि व्यवस्था मिलाउन निर्णय गरिएको बताए ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
प्रतिक्रिया