इन्डोनेसियाको समुद्री तटमा ९० रोहिङ्ग्या शरणार्थी अलपत्र अवस्थामा

एजेन्सी । पश्चिमी इन्डोनेसियाको समुद्री तटमा बालबालिकासहित दर्जनौँ रोहिङ्ग्या शरणार्थी फसेको तथा उनीहरू नजिकै छ जनाको शव फेला परेको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् ।
उत्पीडित अल्पसङ्ख्यक शरणार्थीहरू जीवन बचाउनका लागि प्रत्येक वर्ष लामो र खतरापूर्ण समुद्री यात्रा तय गरी मलेसिया तथा इन्डोनेसिया पुग्ने आशामा डुङ्गाको यात्रा गर्ने गर्छन ।
आचेह प्रान्तको समुद्री तटबाट करिब एक सय मिटर टाढा बिहीबार बिहानै शरणार्थीहरूलाई छाडिएको पूर्वी आचेहका ग्रामीण अधिकारी सैफुल अन्वरले बताए।
उनका अनुसार उक्त समूहमा ४६ महिला, ३७ जना पुरुष र सात जना बालबालिका थिए भने दुई वटा शव किनारमा र चारवटा समुद्रमा तैरिरहेका थिए ।
स्थानीय बासिन्दाहरूबाट प्राप्त जानकारी अनुसार यी शरणार्थीहरूलाई बिहान चार बजेतिर एउटा डुङ्गाले ल्याएर छोडेको थियो । आठ जना बिरामी शरणार्थीलाई उपचारका लागि अस्पताल लगिएको छ ।
पूर्वी आचेहका कार्यवाहक प्रमुख जिल्ला अधिकारी अमरुल्लाह एम रिधाले पत्रकारहरूलाई अधिकारीहरूले उनीहरूलाई आश्रय नदिएसम्म शरणार्थीहरूलाई समुद्र तटमा तम्बुहरूमा राखिने बताए ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसिआर) ले शरणार्थी आगमन बारे थाहा भएको जनाए पनि थप जानकारी दिन नसक्ने बताएको छ ।
आचेहका कार्यवाहक गभर्नर सफरिजलले पत्रकारहरूलाई ‘मानव बेचबिखन माफिया गतिविधि’ पछिल्लो शरणार्थी आगमनका लागि जिम्मेवार रहेको बताए।
यस महिना पश्चिमी इन्डोनेसियामा आगमन गर्ने यो तेस्रो शरणार्थी समूह हो । एक सय ५० भन्दा बढी शरणार्थी आचेहमा र अन्य एक सय ४० जना उत्तरी सुमात्रा प्रान्तमा आइसकेका छन् ।
युएनएचसि आरका अनुसार सन् २०२३ जनवरीदेखि २०२४ मार्चको बीचमा दुई हजार पाँच सय रोहिङ्ग्या डुङ्गामार्फत आचेहमा आएका थिए ।
पछिल्लो समयमा मुस्लिम जातीय समूहले म्यान्मामा उत्पीडनको सामना गरिरहेको अवस्थामा धेरैले सैन्य दमनबाट भागी छिमेकी बङ्लादेशको शरणार्थी शिविरमा शरण लिएका छन् ।
















प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
प्रतिक्रिया