जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ
मेरोन्यूज
२०८१ कार्तिक १६ गते १५:५८

काठमाडौँ । सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बनाइदिन्छु भन्ने कैलाली गोदावरी नगरपालिका–६ का ३२ वर्षीय तुलाराम बिकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बुधबार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले कैलालास्थित इलाका प्रहरी कार्यालय मालाखेतीको सहयोगमा अत्तरियाबाट बिकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका बिकलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतमा राखी ठगीसम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिक दार्चुलाका इन्द्रसिंह धामीका छोरालाई सशस्त्र प्रहरी बनाइदिन्छु भनी विश्वास दिलाएर पटक–पटक गरी पाँच लाख ३५ हजार ७ सय रुपैयाँ ठगी गरी फरार भएका थिए ।
सम्बन्धित
















अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता
अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया