पाकिस्तानका मोहसिनले जनकपुरबाट एनपीएल खेल्ने
मेरोन्यूज
२०८१ कार्तिक १६ गते १७:०७

काठमाडौँ । पाकिस्तानका मुहम्मद मोहसिनले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
जनकपुरले आफ्नो तेस्रो विदेशी खेलाडीको रूपमा अलराउन्डर मोहसिनलाई अनुबन्ध गरेको शुक्रबार सामाजिक सञ्जालमार्फत जनाएको छ ।
२८ वर्षीय मोहसिनले ३० टी-२० खेल खेलेका छन् । जसमा उनले १७९ रन बनाउनुका साथै २२ विकेट लिएका छन् । उनले पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग र अमेरिकाको मेजर क्रिकेट लिग खेलिसकेका छन् ।
जनकपुरले यसअघि न्युजिल्याण्डका जिमी निसम र अमेरिकाका युवा क्रिकेटर जोसुआ ट्रम्पलाई अनुबन्ध गरिसकेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर आसिफ शेख मार्की प्लेअर रहेको जनकपुरको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
सम्बन्धित









मुख्य न्यायाधिवक्ता महतो पदमुक्त
क्षतिग्रस्त सिंहदरबार अवलाेकन गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्- चाँडै पुनःनिर्माण हुनेमा विश्वास छ
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया