तिहारमा उपत्यकामा मात्रै २५ करोड रुपैयाँको फलफूल खपत हुने अनुमान

काठमाडौँ । नेपाल फलफूल थोक व्यवसायी संघले तिहारको समयमा काठमाडौँ उपत्यकामा मात्रै २५ करोड रुपैयाँ बराबरको फलफूल खपत हुने अनुमान गरेको छ ।
गत असोजमा आएको अविरल वर्षापछि बाढीपहिरो र नाकामा असहज हुँदा धेरै फलफूल बिग्रिएको र तिहारको लागि अर्डर गरेको फलफूल अझै आइनसकेकाले अघिल्ला तिहारको तुलनामा भने कम खपत हुने संघको भनाई छ । यद्यपि देशभर करोडौँ रुपैयाँको फलफूल बिक्री हुने जनाइएको छ ।
अघिल्ला वर्षहरूको जस्तो तिहारमा फलफूल व्यापारको रौनक समेत नभएको संघका अध्यक्ष अमर बानियाँले बताए ।
अहिले बजारमा चीनबाट ल्याएको स्याउ अंगुर आँप हलुवावेद, भारतबाट सुन्तला, केरा, स्याउ, खर्बुजालगायत विभिन्न फलफूल आइरहेको संघले जनाएको छ । नेपालमै पनि पर्याप्त मात्रामा स्याउ र केरा उत्पादन भएको संघले जनाएको छ ।
चीनबाट स्याउ नआउँदा यस वर्ष मुस्ताङको स्याउले नसोचेको व्यापार गरिरहेको बानियाँले बताएका छन् ।

















फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुरले छुट्यायो तीन करोड
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन
रास्वपाको सांसद अभिमुखीकरण तालिम सुरु
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया