तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

सिमकोट । हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ । मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन ।
नेपालगञ्जदेखि उडान भर्दै आएका निजी र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको उडान तालिका नभएका कारण सोमबार मात्रै उडान सञ्चालन गरेको सिमकोट विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
सोमबार नेपालगञ्जदेखि सिमकोटका लागि तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेका हुन् । आज नेपालगञ्जदेखि तारा र नेपाल एयरलाइन्सले एक–एक पटक उडान भरेको विमानस्थलले जानकारी दिएको छ ।
दुवै एयरलाइन्सले नेपालगञ्जदेखि यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए । अन्य सीता र समिट एयरले तीन दिनदेखि उडान भर्न नसकेको छैनन् ।
नेपालगञ्जदेखि उडान भर्दै आएका जहाजले आफ्नो तालिकाअनुसार हुम्लामा उडान भर्दै आएका छन् । मङ्गलबारका लागि नेपालगञ्जदेखि नेपाल एयरलाइन्सले आफ्नो उडान तालिका अनुसार उडान भर्ने भएको छ ।
नेपालीको महान पर्व दशैँ, तिहार सकिएसँगै सिमकोटबाट जिल्ला बाहिर जाने यात्रुको चाप बिस्तारै बढ्दै गएको छ । यो समयमा नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यति धेरै नभए पनि हुम्लादेखि जिल्ला बाहिर जाने यात्रुको चाप भने उत्तिकै रहेको बताइएको छ । सीता एयर र समिट एयरले भने आज उडान नभरेको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ ।









समावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व हो : प्रधानमन्त्री कार्की
पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा
निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा
सङ्खुवासभामा आगलागीमा परी वृद्धको मृत्यु
दोहोरो अंकले घट्यो सेयर बजार
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
प्रतिक्रिया