केहि दिन स्थिर रहेको अमेरिकी डलर लगायत सबै देशको मुद्रा महंगो

काठमाण्डौं । केहि दिन स्थिर रहेको अमेरिकी डलर लगायक सबै विदेशी मुद्रा आज मंगलबार महंगो भएको छ ।
१ अमेरिकी डलरको खदिरदर १ सय १९ रुपैयाँ ५१ पैसा छ भने बिक्रिदर १ सय २० रुपैयाँ ११ पैसा रहेको छ । अमेरिकी डलरजस्तै महंगो हुनेमा युरो १ को खरिदद १ सय ४३ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर १ सय ४४ रुपैयाँ ६७ पैसा रहेको भने युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६६ रुपैयाँ ३६ पैसा छ भने बिक्रिदर १ सय ६७ रुपैयाँ २० पैसा रहेको छ ।
यस्तै महंगो हुनेमा अष्ट्रेलियन डलर १ को खरिद मुल्य ९२ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर ९२ रुपैयाँ २४ पैसा छ । क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ७९ पैसा खरिद रहेको छ भने ९६ रुपैयाँ २७ पैसा बिक्रि मुल्य तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा सटहीमा सिंगापुर डलर १ को खरिददर ८९ रुपैयाँ ८१ पैसा छ भने बिक्रीदर ९० रुपैयाँ २६ पैसा रहेको छ । जापानीज एन प्रति १० बराबर ११ रुपैयाँ ५ पैसा बिक्रिदर ११ रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी चाइनिज युयन १ को खरिद १८ रुपैयाँ ३७ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ४६ पैसा कायम भएर सटहीदर रहेकोे राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले जारी गरेको बैदेशिक रकम खरिदबिक्रिदरमा साउदी अरबियन रियाल १ कोे खरिद मूल्य ३१ रुपैयाँ ८७ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ३ पैसा रहेको छ । कतारी रियालको खरिद मूल्य ३२ रुपैयाँ ८२ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ९८ पैसा कायम छ । युएइ दिरामको खरिद मूल्य ३२ रुपैयाँ ५४ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २८ रुपैयाँ ९८ पैसा र बिक्रि मूल्य २९ रुपैयाँ १३ पैसा तोकिएको छ ।
यस्तै साउथ कोरियाको कोरियन १०० वनको खरिददर १० रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ७८ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । बाणिज्य बैंकहरु र मनि ट्रान्सफर एक्सचञ्ज कम्पनीमा पैसा सटही गर्दा झिनो रकम फरक पर्नसक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया