‘फेस अफ कर्णाली याक्स’मा अभिनेतृ स्वस्तिमा खड्का

काठमाडौं। हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले अभिनेतृ स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ को रुपमा भित्राएको छ । कर्णाली याक्सले बुधबार नक्सालस्थित हिल्टन होटलमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को लागि खड्कालाई आवद्ध गरेको जनाएको हो ।
सो क्रममा खड्काले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन र वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताइन् । ‘अहिले खेलकुदको माध्यमबाट हरेक राष्ट्रले आफूलाई चिनाउँदै गएका छन् । नेपालले पनि क्रिकेटमार्फत प्रभाव बढाउँदै लगेको,’ उनले भनिन्, ‘कर्णाली याक्सले नेपाली क्रिकेटलाई विश्वमाँझ पु¥याउने योजना ल्याएको छ । यही योजनालाई सार्थक पार्न कर्णाली याक्ससँग जोडिन पुगेकी हुँ ।’
खड्काले नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी फ्रान्समा खेलिरहेको र उनकै प्रभावले पनि खेलकुदमा लाग्न प्रेरित गरेको प्रसंग सुनाएकी थिइन् । ‘नेपालकी स्ट्राइकर सावित्रा भण्डारी फ्रान्समा व्यवसायिक फुटबल खेलिरहनु भएको छ । उहाँले पनि फ्रान्समा नेपाल र नेपालीलाई चिनाउनु भएको छ । त्यसैले पनि खेलकुदले मलाई प्रभावित पा¥यो ।’
उनले श्रीमान निश्चल बस्नेत पनि कर्णाली प्रदेशकै भएकाले कर्णाली याक्ससँग जोडिन सहज भएको जानकारी गराइन् ।
कार्यक्रममा कर्णाली याक्सका मालिक जनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, मुख्य प्रशिक्षक तथा टिम निर्देशक ज्ञानेन्द्र मल्लको उपस्थिति थियो ।
प्रशिक्षक मल्लले कलाकार क्रिकेटमा जोडिनु सुखद् सन्देश रहेको र क्रिकेट विकासमा टेवा पुग्ने विश्वास गरे । कार्यक्रमबाटै कर्णाली याक्सको आफ्नो गीत सार्वजनिक गरेको छ । गीतमा हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सका उपाध्यक्ष सुनिल खनालको स्वर, संगित र शब्द छ ।
कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका तिव्रगतिका बलर सोमपाल कामी छन् । प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीका राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ । त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।
कर्णाली याक्सले वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको छ । थप खेलाडी चाडै सार्वजनिक गरिने सहमालिक गृहेन्द्र घिमिरेले जानकारी दिए ।
प्रतियोगिताकै लागि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटल हिल्टनसँग सम्झौता गरिसकेको छ । प्रतियोगिता १५ मंसिरदेखि ६ पुससम्म हुनेछ ।
















कर्णाली प्रदेशका १० जिल्लामा ८ सय ६१ क्षयरोगी भेटिए
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया