चीनमा भएको ट्रेल रेसमा स्वर्ण पदक जित्न सफल सुनमायालाई एडभेन्चर रनिङ महासंघको स्वागत

काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघले चीनमा भएको २ अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जित्न सफल धाविका सुनमाया बुढालाई बिहीबार स्वागत गरेको छ । सुनमाया बिहीबारै स्वदेश फर्केकी हुन् ।
राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका पूर्व सदस्य समेत रहेको महासंघका अध्यक्ष एकेन्द्र कुँवर, वरिष्ठ उपाध्यक्ष राजन खत्रीलगायतका पदाधिकारीले सुनमायालाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
सुनमायाले अक्टोबर १९ तारिखमा भएको अल्ट्रा ट्रेल निन्घाईंमा स्वर्ण जितेकी थिइन् । ६० किलोमिटर दूरीको रेस सुनमायाले ५ घण्टा ४० मिनेट ०३ सेकेन्डमा पूरा गरेकी थिइन् ।
अर्को स्वर्ण सुनमायाले नोभेम्बर २ तारिखमा भएको साइगु १०० केमा जितिन् । सुनमायाले निर्धारित १ सय ५ किलोमिटर दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेन्डमा तय गरेकी थिइन् । दुवै रेसमा सुनमायाले कोर्स रेकर्ड पनि कायम गरेको महासंघकी सदस्य एवं अन्तर्राष्ट्रिय समन्वयकर्ता प्रीति खत्रीले जनाएकी छन् ।
दुई प्रतियोगितासहित सुनमायाले यो वर्ष ९ अन्तर्राष्ट्रिय रेसमा सहभागिता जनाएकी छन् । बाँकी ७ रेस मध्ये सुनमाया ३ मा पहिलो तथा १ मा तेश्रो स्थानमा रहिन् ।
अध्यक्ष कुँवरले सुनमायाको सफलता र साहसको प्रशंसा गर्दै चाँडै नगद पुरस्कारसहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे ।











दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया