तपाइसँग कतारी रियाल छ,यदि छ भने वैशाख २७ अघि नै साट्नु होस्, नभए चल्दैन ?
मेरोन्यूज
२०७८ वैशाख ७ गते १३:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख २७ गतेबाट कतारी रियालको कारोबार बन्द गर्ने भएको छ । बैंकले सुचना प्रकाशित गदै वैशाख २७ गतेअघि नै कतारी रियाल सटही गर्नुपर्ने छ, त्यसपछि कारोबार बन्द हुने जनाएको छ ।
कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोटहरु १ जुलाई अर्थात आगामी असार १७ बाट नयाँ नोट निकाल्ने भएकाले पूराना नोट नचल्ने निणर्य गरेकाले सटहीका लागि समयसिमा तोकिएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

बैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुनसक्ने भन्दै सटहीको लागि सूचना जारी गरेको राष्ट्र बैंकले जनाएको छ । २०७३ चैत्र देखि भारतीय बैंकले १ हजार र ५ सयका भारतीय नोट सटहीमा बन्देज लगाउँदा नेपालीलाई सटहीमा गाहे भएको छ ।
सम्बन्धित

















अंग परिवर्तनपछिको जटिलतालाई सम्बोधन गर्न छुट्टै नीतिको माग
घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते
आज सुर्खेत र बाँकेमा कांग्रेसले चुनावी सभा गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
प्रतिक्रिया