पर्यटन प्रवर्द्धन गर्न पाल्पामा साइकलयात्रा

रामपुर (पाल्पा) । जिल्लाको पर्यटन विकासका लागि आज यहाँ साइकलयात्रा सुरु भएको छ । मानव स्वास्थ्य र स्थानीय पर्यटकीय क्षेत्रलाई समेटेर ‘सम्पदा साइकल राइड’ आयोजना गरिएको हो ।
पाल्पा साइक्लिङ संघको आयोजनामा तानसेनमा ‘स्वास्थ्य र पर्यटनका लागि साइकल चलाउने’ नाराका साथ प्रारम्भ भएको साइकलयात्रामा पाल्पाका साथ रुपन्देही, नवलपरासी, चितवन, काठमाडौँ, सिरहा, बाँकेलगायत जिल्लाका ‘राइडर’ सहभागी छन् ।
बिहान ६:०० बजे प्रारम्भ भएको साइकलयात्रा तानसेन, भैरवस्थान, लिस्नु भिर, अर्गली, रिडी, रानीमहल हुँदै तानसेन पुगेर समापन हुनेछ । जिल्लाका धार्मिक एवं पर्यटकीयस्थल रानीमहल दरबार, भैरवस्थान मन्दिर, पाल्पा दरबार सङ्ग्रहालय, अर्गेली दरबार, रुरु ऋषिकेश मन्दिर, रिडी, देवदत्तपार्क, लिस्ने भिरलगायत धार्मिक क्षेत्रको परिक्रमा गरिने सङ्घका अध्यक्ष रुपेश महर्जनले बताए।
यात्रामा १४ वर्षदेखि ६५ वर्षसम्मका राइडर सहभागी छन् । सहगाीमध्ये दुई जना अपाङ्गता भएका, एक जना महिला र एक जना विदेशी नागरिक छन् । साइकलयात्राले साहासिक खेलको विकासका साथै पाल्पाको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने उनको विश्वास छ ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया