नेकपा एसको प्रथम कर्णाली प्रदेश अधिवेशन कात्तिक २६ र २७ मा हुने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन कात्तिक २६ र २७ गते हुँदैछ । अधिवेशनको पार्टी अध्यक्ष माधव नेपालले उद्घाटन गर्ने तय भएको छ ।
सुर्खेतको सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाको सिद्धार्थ सभागृह, शनि हललाइन वीरेन्द्रनगरमा हुने अधिवेशनमा ५०२ जना प्रतिनिधि सहभागी हुने कर्णाली प्रचार विभागले जनाएको छ ।
प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू कर्णालीका २४ वटै प्रदेश निर्वाचन क्षेत्रबाट छनोट भइसकेको बताइएको छ ।
विभागका अनुसार सुर्खेतबाट १७, दैलेखबाट ३०, कालिकोटबाट ४१, मुगुबाट ४१, डोल्पाबाट २८, जाजरकोटबाट २९ , रुकुम पश्चिमबाट १८, सल्यानबाट ४९, जुम्लाबाट ३८ र हुम्लाबाट १३ गरी ३०४ जना प्रतिनिधि निर्वाचित भएका छन् ।
पार्टीको प्रदेश सम्पर्क मञ्च र प्रदेशस्तरीय कमिटी भएका हरेक जनसंगठनहरूबाट निर्धारण गरेबमोजिम १८ जना प्रतिनिधि निर्वाचित भएका छन् ।
यसरी छनोट भएका प्रतिनिधिहरूमध्ये समावेशीतर्फ महिला १२८, दलित ६५, जनजाति ५१ र अन्य ३३१ गरी जम्मा ५०२ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन् ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया