नेकपा एसको प्रथम कर्णाली प्रदेश अधिवेशन कात्तिक २६ र २७ मा हुने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन कात्तिक २६ र २७ गते हुँदैछ । अधिवेशनको पार्टी अध्यक्ष माधव नेपालले उद्घाटन गर्ने तय भएको छ ।
सुर्खेतको सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाको सिद्धार्थ सभागृह, शनि हललाइन वीरेन्द्रनगरमा हुने अधिवेशनमा ५०२ जना प्रतिनिधि सहभागी हुने कर्णाली प्रचार विभागले जनाएको छ ।
प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू कर्णालीका २४ वटै प्रदेश निर्वाचन क्षेत्रबाट छनोट भइसकेको बताइएको छ ।
विभागका अनुसार सुर्खेतबाट १७, दैलेखबाट ३०, कालिकोटबाट ४१, मुगुबाट ४१, डोल्पाबाट २८, जाजरकोटबाट २९ , रुकुम पश्चिमबाट १८, सल्यानबाट ४९, जुम्लाबाट ३८ र हुम्लाबाट १३ गरी ३०४ जना प्रतिनिधि निर्वाचित भएका छन् ।
पार्टीको प्रदेश सम्पर्क मञ्च र प्रदेशस्तरीय कमिटी भएका हरेक जनसंगठनहरूबाट निर्धारण गरेबमोजिम १८ जना प्रतिनिधि निर्वाचित भएका छन् ।
यसरी छनोट भएका प्रतिनिधिहरूमध्ये समावेशीतर्फ महिला १२८, दलित ६५, जनजाति ५१ र अन्य ३३१ गरी जम्मा ५०२ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन् ।
















नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया