अरब क्लासिक लिगमा नेपाल साउदी अरेबियासँग पराजित
मेरोन्यूज
२०८१ कार्तिक २३ गते १९:३७

काठमाडौँ। बेसबल युनाइटेडको आयोजनामा भएको अरब क्लासिक लिगमा नेपाली बेसबल टोली साउदी अरेबियासँग पराजित भएको छ।
संयुक्त अरब इमिरेट्सको दुबईमा आज (शुक्रबार) भएको च्याम्पिनयसिपमा नेपाल साउदी अरेबियासँग १४–२ ले पराजित भएको नेपाल बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपानेले जानकारी दिए। प्रतियोगितामा नेपालको दोस्रो हार हो। यसअघि भएको पहिलो खेलमा नेपाल प्यालेस्टाइनसँग १७–२ ले पराजित भएको थियो ।
उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ। यस समूहमा श्रीलंका, प्यालेस्टाइन र साउदी अरेबिया छन्। यही कात्तिक २५ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार श्रीलंकासँग खेल्नेछ।










नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सेयर बजार २४ अंकले ओरालो
एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया