२०५६ सालदेखि कक्षा ११ र १२ को परीक्षा उत्तीर्ण गर्न नसकेका विद्यार्थीले अन्मिम मौका परीक्षा दिन पाउने
मेरोन्यूज
२०८१ कार्तिक २४ गते १२:२८

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०५६ देखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२मा विभिन्न विषयहरूमा फेल भएका वा ग्रेड वृद्धि गर्न चाहन्ने विद्यार्थीहरुलाई अन्तिम मौका परीक्षा गर्ने भएको छ ।
बोर्डले ०५६ सालदेखि ०७७ सालसम्म फेल भएका विद्यार्थीहरुलाई पुनः परीक्षा दिन पाउने व्यवस्था गरेको हो । त्यसको लागि बोर्डले रजिटेशन फर्म खुलाएको छ।
बोर्डले रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ को लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एक पटकका लागि ग्रेडप्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ ।
ती विद्यार्थीहरुले आगामी मंसिर २७ गतेभित्र आवेदन फाराम भर्न पाउने व्यवस्था गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
त्यसका लागि एक हजार रुपैयाँ परीक्षा आवेदन शुल्क तोकिएको छ ।

सम्बन्धित










यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
कृषि विकास बैंकको १९औँ वार्षिक साधरण सभा सम्पन्न
अष्ट्रेलियामा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता प्रक्रिया अन्तिम चरणमा
साेमबार बढ्याे नेप्से, काराेबार रकम ३ अर्ब ४४ करोड
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया