२०५६ सालदेखि कक्षा ११ र १२ को परीक्षा उत्तीर्ण गर्न नसकेका विद्यार्थीले अन्मिम मौका परीक्षा दिन पाउने
मेरोन्यूज
२०८१ कार्तिक २४ गते १२:२८

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०५६ देखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२मा विभिन्न विषयहरूमा फेल भएका वा ग्रेड वृद्धि गर्न चाहन्ने विद्यार्थीहरुलाई अन्तिम मौका परीक्षा गर्ने भएको छ ।
बोर्डले ०५६ सालदेखि ०७७ सालसम्म फेल भएका विद्यार्थीहरुलाई पुनः परीक्षा दिन पाउने व्यवस्था गरेको हो । त्यसको लागि बोर्डले रजिटेशन फर्म खुलाएको छ।
बोर्डले रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ को लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एक पटकका लागि ग्रेडप्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ ।
ती विद्यार्थीहरुले आगामी मंसिर २७ गतेभित्र आवेदन फाराम भर्न पाउने व्यवस्था गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
त्यसका लागि एक हजार रुपैयाँ परीक्षा आवेदन शुल्क तोकिएको छ ।

सम्बन्धित
















प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया