‘निष्ठाको राजनीति गर्न गणेशमान सिंहबाट प्रेरणा लिनुपर्छ’

दमौली (तनहुँ) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले निष्ठाको राजनीति गर्न गणेशमान सिंहबाट प्रेरणा लिनुपर्ने बताएका छन् ।
स्व गणेशमान सिंहको ११०औँ जन्मजयन्तीका अवसरमा आज व्यास नगरपालिका-२ गणेशमान पार्कमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य वाग्लेले लौहपुरुष सिंहले देशका लागि गरेको योगदान सधैँ अमर रहने बताए । सम्भ्रान्त परिवारमा जन्मिएर पनि सुख सयल छाडेर देश र जनताको पक्षमा काम गरेको कामको सधैँ चर्चा हुने उनले उल्लेख गरे ।
स्व गणेशमानले देश र जनताका लागि गरेको काम सम्झिँदा पनि आङ सिरिङ्ग हुने बताउँदै वाग्लेले गणेशमानलाई सम्झिँदै पार्टीभित्र एकताको खाँचो रहेको बताए। मुलुकमा आउने चुनौतीको सामना गर्न पार्टीभित्र एकता आवश्यक रहेको उल्लेख गर्दै उनले पार्टीलाई बलियो र सुदृढ बनाउनुको विकल्प नरहेको बताए ।
कार्यक्रममा पार्टी जिल्ला सभापति जितप्रकाश आले, संविधानसभा सदस्य रामचन्द्र पोखरेल लगायतले स्व गणेशमानबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्ने बताए ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया