पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी प्रथम

लेखनाथ (कास्की)। पोखरामा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय क्रस कन्ट्री प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर दूरीको विद्यार्थी दौड (महिला/पुरुष) मा पुरुषतर्फ बादल कार्की र महिलातर्फ नारायणी भण्डारी प्रथम भएका छन् ।
प्रतियोगितामा पुरुषतर्फ कृष्ण परियार र रमेश बुढाले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन् । महिलातर्फ स्वीकृति कार्की र जुही राई तेस्रो भएका छन् । यो दौड फेवा किनाराको बाराही घाटबाट सुरु भई गौरीघाट, सहिदचोक, राष्ट्र बैंक चोक हुँदै ड्यामसाइटबाट पुनः राष्ट्र बैंक चोक हुँदै बाराहीघाट पुगेर सम्पन्न भएको थियो ।
विद्यार्थी दौडमा शीर्ष छ/छ (महिला र पुरुष) खेलाडीलाई नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रथम हुनेले रु ३० हजार, दोस्रोले रु २५ र तेस्रोले रु २० हजार राशि पुरस्कार प्राप्त गर्नेछन् । चौँथोदेखि छैँठौँ हुने खेलाडीले रु १०÷१० हजार पाउनेछन् । प्रतियोगितामा पाँच सयभन्दा बढी विद्यार्थी सहभागी थिए ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया