रास्वपाले उपनिर्वाचन लक्षित कार्यक्रम गर्ने
मेरोन्यूज
२०८१ कार्तिक २४ गते २०:५९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको आज बसेको बैठकले आसन्न स्थानीय तहको उपनिर्वाचन लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टीले आसन्न स्थानीय तहको उपनिर्वाचन लक्षित कार्यक्रम आयोजना गरी आम जनसमुदायमा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकले सहकारी, लघुवित्त एवं मिटरब्याज पीडितहरूको रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रमहरूको अगुवाइ गर्ने निर्णय गरेको प्रवक्ता झाले जानकारी दिए ।
उनका अनुसार ‘सहकारी र लघुवित्त संस्थाहरूको समस्या समाधानका नीतिगत उपाय र योजना’ विषयक पार्टीले तयार गरेको प्रतिवेदनअनुसार एक महिनाभित्र रास्वपाका सम्बन्धित पालिका संरचनाहरूले आ–आफ्नो क्षेत्रमा सहकारी नियमनको अवस्था यकिन गरी कार्ययोजना बनाउने निर्णय गरेको छ ।
सम्बन्धित











ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया