शुक्रबार, वैशाख ११, २०८३

रास्वपाले उपनिर्वाचन लक्षित कार्यक्रम गर्ने

मेरोन्यूज २०८१ कार्तिक २४ गते २०:५९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको आज बसेको बैठकले आसन्न स्थानीय तहको उपनिर्वाचन लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

Advertisement
NiccNicc

पार्टीले आसन्न स्थानीय तहको उपनिर्वाचन लक्षित कार्यक्रम आयोजना गरी आम जनसमुदायमा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकले सहकारी, लघुवित्त एवं मिटरब्याज पीडितहरूको रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रमहरूको अगुवाइ गर्ने निर्णय गरेको प्रवक्ता झाले जानकारी दिए ।

उनका अनुसार ‘सहकारी र लघुवित्त संस्थाहरूको समस्या समाधानका नीतिगत उपाय र योजना’ विषयक पार्टीले तयार गरेको प्रतिवेदनअनुसार एक महिनाभित्र रास्वपाका सम्बन्धित पालिका संरचनाहरूले आ–आफ्नो क्षेत्रमा सहकारी नियमनको अवस्था यकिन गरी कार्ययोजना बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया