सङ्खुवासभामा युवकको शव भिरमा फालिएको अवस्थामा फेला
मेरोन्यूज
२०८१ कार्तिक २५ गते २१:०६

खाँदबारी (संखुवासभा) सङ्खुवासभाको चिचिला गाउँपालिकामा आइतबार एक युवकको शव भिरमा फालिएको अवस्थामा फेला परेको छ। चिचिला गाउँपालिका–३ का ३६ वर्षीय विकास राईको शव भिरमा भेटिएको प्रहरीले जनाएको हो।
चिचिला–३ खर्सुस्थित लप्सीभिरमा बाटोदेखि करिब एक मिटर तल भिरमा अड्किएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
उनले शव सडेको अवस्थामा फेला परेको र विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको बताए। शव हाल पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको छ।
हत्यामा सङ्लग्न भएको आरोपमा चिचिला–३ कै ३५ वर्षीय प्रदीप राईलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया