इंग्लिस प्रिमियर लिग : चेल्सी र आर्सनलको बराबरी
मेरोन्यूज
२०८१ कार्तिक २६ गते ८:४८

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । गएराति भएको लन्डन डर्बीमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
चेल्सीका लागि पेड्रो नेटो र आर्सनलका लागि ग्याब्रिएल मार्टिनेलीले एक–एक गोल गरेका थिए । खेलको ६०औँ मिनेटमा मार्टिनेलीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने ७०औँ मिनेटमा चेल्सीका पेड्रोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
यो बराबरीसँगै ११ खेल खेलेका दुवै टोलीको १९–१९ अंक छ । जसमा गोल अन्तरको आधारमा चेल्सी तेस्रो र आर्सनल चौथो स्थानमा छन् ।
सम्बन्धित
















जेन–जी आन्दोलनका क्रममा जलेका मध्ये आठ हजार नयाँ श्रेस्ता कायम
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
गुडिरहेको एम्बुलेन्सभित्रै चिकित्सकले उपचार गरेपछि…
NBA shows exception to probe commission’s report
कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया