मध्यभोटेकोशी जलबिद्युत आयोजनाले पायो आईपीओ निष्काशनको अनुमति

काठमाडौं । मध्यभोटेकोशी जलबिद्युत आयोजनाले सर्वसाधारणका लागि शेयर (आईपीओ) निष्काशनका लागि अनुमति पाएको छ ।
सिन्धुपाल्चोक जिल्लामा १ सय २ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको आयोजनालाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न कम्पनीलाई अनुमति दिएको जनाएको छ । अब कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि १ करोड ५० लाख कित्ता (१ अर्ब ५० करोड रुपैयाँ) बराबरको शेयर निष्काशन गर्ने छ ।
कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सिन्धुपाल्चोकका स्थानीयबासीलाई निष्काशन गर्ने छ भने सिन्धुपाल्चोक बाहेक अन्य सर्वसाधारणलाई १५ प्रतिशत अर्थात ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्न पाउने छ ।
कम्पनीले यस अघि कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गर्ने सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता संस्थाका कर्मचारीहरुको लागि १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गरेको छ ।

















निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार
काभ्रेमा दुई हजार पाँच सय अस्थायी मतदाता
अझै प्रश्न आउन छाडेको छैन-मतदाता सूचीमा नाम कसरी हेर्ने?
चीन–जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास
स्याङ्जाको आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया