पाकिस्तानका सोहेब मकसूद जनकपुर बोल्ट्समा
मेरोन्यूज
२०८१ कार्तिक २६ गते १३:२२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि जनकपुर बोल्ट्सले पाकिस्तानका खेलाडी सोहेब मकसूदलाई अनुबन्ध गरेको छ ।
सोमबार जनकपुर बोल्ट्सले मकसूदलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हाे ।
३७ वर्षिय मकसूदले थुप्रै टी–२० फ्रेन्चाइज लिग खेलिसकेका छन् । मिडल–अर्डर ब्याट्सम्यान मकसूदले देशबाट २६ अन्तर्राष्ट्रिय टी–२० खेलमा २७३ रन बनाएका छन् भने १७० टी–२० खेलमा ३ हजार ९२८ रन बनाएका छन् ।
जनकपुरले यसअघि श्रीलंकाका लाहिरू मिलान्था, न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका मोहम्मद मोहसिन र जोशुवा ट्रम्पलाई अनुबन्ध गरिसकेकाे छ ।
राष्ट्रिय टिमका विकेटकिपर ब्याटर बसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके छन् ।
क्यानको आयोजनामा एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ ।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया