पाकिस्तानका सोहेब मकसूद जनकपुर बोल्ट्समा
मेरोन्यूज
२०८१ कार्तिक २६ गते १३:२२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि जनकपुर बोल्ट्सले पाकिस्तानका खेलाडी सोहेब मकसूदलाई अनुबन्ध गरेको छ ।
सोमबार जनकपुर बोल्ट्सले मकसूदलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हाे ।
३७ वर्षिय मकसूदले थुप्रै टी–२० फ्रेन्चाइज लिग खेलिसकेका छन् । मिडल–अर्डर ब्याट्सम्यान मकसूदले देशबाट २६ अन्तर्राष्ट्रिय टी–२० खेलमा २७३ रन बनाएका छन् भने १७० टी–२० खेलमा ३ हजार ९२८ रन बनाएका छन् ।
जनकपुरले यसअघि श्रीलंकाका लाहिरू मिलान्था, न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका मोहम्मद मोहसिन र जोशुवा ट्रम्पलाई अनुबन्ध गरिसकेकाे छ ।
राष्ट्रिय टिमका विकेटकिपर ब्याटर बसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके छन् ।
क्यानको आयोजनामा एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ ।
सम्बन्धित
















मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै
डोटीमा घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
नेपाली शान्ति सैनिकको अदलीबदली
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया