आज देशभर शङ्खधर दिवस मनाइँदै

काठमाडौँ । नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाःको लोककल्याणकारी कार्यको संस्मरण गर्दै आज देशभर २५ औँ शङ्खधर दिवस मनाइँदैछ ।
साख्वाःले देशका सम्पूर्ण जनताको क्रृणमोचन गरी लोककल्याणकारी कार्य गरेपछि देशकै नामबाट नेपाल संवत् चलाएका हुन् । तत्कालीन कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले यिनै ऐतिहासिक पुरुषको लोककल्याणकारी कामको सम्मान स्वरुप २०५६ मङ्सिर २ गते (११२) कछलाथ्व दशमी०का दिन साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । हरेक वर्ष कछलाथ्व दशमीको दिन देशभर नेवाः समुदायले शङ्खधर दिवसको रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी उनिप्रति सम्मान अर्पण गर्दैआएको छ ।
शङ्खधर दिवसको अवसरमा न्हू दँ ११४५ राष्ट्रिय समारोह समितिको आव्हान र काठमाडौँ वडा नं १५, २७ र २८ का विभिन्न सङ्घ संस्थाद्वारा आज वडा नं १५ चागल, लखुतीर्थमा आयोजित समारोहमा शङ्खधरको अर्धकदको सालिकमा माल्र्यापण गरी सम्मान अर्पण गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथि उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले ऐतिहासक पुरुष शङ्खधरका बारेमा अध्ययन अनुसन्धान गरी नखुलेका तथ्यहरु बाहिर ल्याउन एक प्रतिष्ठान खडा गर्ने अभियानमा लाग्न सबैसँग आग्रह गरे।
समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले शङ्खधर कुनै काल्पनिक पात्र नभई इतिहास पुरुष हुन् भन्दै उनले जस्तै उदार हृदय लिएर सामाजिक न्यायका दिशामा अग्रसर हुन सकौं भनी शुभकामना दिए।
कार्यक्रममा न्हूदँ राष्ट्रिय संरक्षण समाजका अध्यक्ष प्राडा नरेशमान बज्राचार्य, नेवा देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, अधिकारकर्मी मल्ल के सुन्दर, पूर्व मन्त्री भीमसेनदास प्रधानलगायत उपस्थित थिए।
भद्रमति र विष्णुमति नदीको सङ्गम स्थल लखुतीर्थमा शुभसाइत पारेर शङ्खधरले निकाल्न लगाएको बालुवा सुनमा परिणत भएको र त्यसैबाट क्रृणमोचन गरिदिएको भन्ने जनविश्वास रहिआएको छ ।
















काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
एनआईसी एसिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच छुट सम्झौता
निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
प्रतिक्रिया