बुधबार, चैत ११, २०८२

बंगलादेश पाँच विकेटले पराजित हुँदा अफगानिस्तानले जित्यो सिरिज

मेरोन्यूज २०८१ कार्तिक २७ गते ८:२२

काठमाडौं ।अफगानिस्तानले बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय खेलमा पाँच विकेटको जित हात पारेको छ। अन्तिम खेलमा पाएको सफलतासँगै अफगानिस्तानले शृङ्खला २-१ ले जितेको छ।

Advertisement
nepal life insurencenepal life insurence

२४५ रनको लक्ष्य पाएको अफगानिस्तानले १० बल बाँकी रहँदा पाँच विकेट गुमाउँदै २४६ रन जोडेको हो।अलराउण्ड प्रदर्शन गरेका अजमातुल्लाह ओमारजाइ ७० रनमा अविजित रहे भने रहमुल्लाह गुरावजले शतकीय योगदान गरे। १२० बलको सामना गरेका गुरवाजले ५ चौका र ७ छक्काको सहयोगमा १०१ रन जोडेका हुन्।

यसैगरी ओमारजाइले ७७ बलको सामना गर्दै ३ चौका र ५ छक्का प्रहार गरे। यी दुईले चौथो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए। मोहम्मद नावी ३४ रनमा अविजित रहे। २७ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले ८ विकेटको क्षतिमा २४४ रनको योगफल खडा गरेको थियो। बङ्गलादेशका महदमुलाले सर्वाधिक ९८ रन जोडे। ९८ बलको सामना गरेका उनले ७ चौका र ३ छक्का प्रहार गरेका थिए। यसैगरी मेहदी हसनले ६६ रन जोडे। यस क्रममा उनले ११९ बलको सामना गरे। सौम्य सरकारले २३ बलमा २४ रन जोडे।

बङ्गलादेशलाई कम योगफलमा समेट्ने क्रममा ओमारजाइले ७ ओभर बलिङ गर्दै ३७ रन खर्चेर ४ विकेट लिए। मोहम्मद नावी म्यान अफ द सिरिज भए।

प्रतिक्रिया