ओलीको स्पष्टीकरणको जवाफ नेपालपक्षका सांसदले दिने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ नेता माधवकुमार नेपालसहित उनी पक्षका सांसदले दिने भएका छन्। अध्यक्ष ओलीले नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए ।
नेता नेपालसहित उनी पक्षका सांसदले बुधबार उक्त स्पष्टीकरणको जवाफ दिने भएका छन् । ओलीले स्पष्टीकरण सोधेपछि नेपाल पक्षका सांसद छलफलमा जुटेका थिए। छलफलमा सहभागी नेपाल पक्षकी सांसद रामकुमारी झाँक्रीले स्पष्टीकरणको जवाफ दिने जानकारी दिइन्।
पार्टीभित्रै एमाले भएर अस्तित्वका लागि लडाइँ गरिरहेको तर ओली पार्टी विधानविरूद्ध लाग्नुभयो भन्दै उनले त्यसको विरोध गर्दा हामीलाई स्पष्टीकरण सोध्नेरु हामी कानूनीरूपमा प्रतिवाद गर्छौं।’
ओलीले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केस, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव, नीरादेवी जैरु, रामकुमारी झाँक्री र मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोधेका छन्। पार्टी र सरकारविरूद्ध गतिविधि गरेको आरोप उनीहरूमाथि छ।
















झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया