कोशीका पूर्वमन्त्री अधिकारी थप ७ दिन हिरासतमै रहने
मेरोन्यूज
२०८१ कार्तिक २७ गते १७:४४

काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी थप ७ दिन हिरासतमै रहने भएका छन् ।
मंगलबार जिल्ला अदालत, काठमाडौंले मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
आइतबार मोरङको विराटनगरमा पक्राउ परेका उनलाई त्यसैदिन काठमाडौं ल्याएर अदालत उपस्थित गराइएकाे थियाे । अदालतले अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति दिएकाे थियाे ।
अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप छ।
सम्बन्धित
प्रतिक्रिया