एमालेमा संघर्ष चर्कियो
देउवा भेट्न बूढानीलकण्ठ पुगे, नेपाल र खनाल

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) भित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपालबीच संघर्ष चर्किरहेका बेला वरिष्ठ नेता खनाल र नेपाल प्रमुख प्रतिपक्षी दलका सभापति भेट्न बूढानीलकण्ठ पुगेका छन् ।
एमाले अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र खनालसहित २७ संघीय सांसदलाई स्पष्टीकरण सोधेकै दिन उनीहरु प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुुगेका हुन् । प्रधानमन्त्री ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको अवस्थामा सत्तारुढ दलकै वरिष्ठ नेताले कांग्रेस सभापति देउवासँग गरेको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
पार्टी विधान विपरित गतिविधि गरेको भन्दै अध्यक्ष ओलीले आजै नेपाल–खनाल पक्षीय २७ संघीय सांसद र कर्णाली प्रदेशका ५ सांसदलाई ४८ घन्टे स्पष्टीकरण सोधेका थिए । ओलीले स्पष्टीकरण पत्र थमाएसँगै आज अर्याल होटल बानेश्वरमा बसेका नेपाल–खनाल पक्षीय सांसदले आफूहरुले छुुट्र्ट पार्टी गठन गर्न नलागेको भन्दै एमालेभित्रै संघर्ष गर्ने निर्णय गरेका थिए ।

















सुनसरीमा सवारी दुर्घटना हँुदा एकको मृत्यु, एक जना घाइते
वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु
सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु
निर्वाचन हुन्छ कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर सम्पन्न गरायौँ : आयुक्त भण्डारी
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया