कोरोना भाइरस विरुद्ध दोस्रो डोज खोप लगाउने आज दोस्रो दिन
क–कसको पालो छ त आज ?

काठमाडौं । कोरोना भाइरस विरुद्ध पहिलो डोज खोप लिएका लक्षित व्यक्तिलाई आज पनि दोस्रो डोज लगाइदै छ । दोस्रो दिन आज माघ १८, १९, २०, २१ र २२ तथा फागुन २ गते पहिलो डोज खोप लिएकालाई दोस्रो डोज खोप दिने स्वास्थ्य सेवा भिागले जनाएको छ ।
खोप अभियान सुरु भएपछि पहिलो चरणमा खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लिन सकिने स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाले जनाएको छ ।
शाखाका प्रमुख डा . झलक शर्मा गौतमले पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका ४ लाख ३९ हजारलाई दोस्रो डोज दिइने जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले गत माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो ।
माघ १४ देखि फागुन १० गतेसम्म पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाइएको थियो । मन्त्रालयले खोप लगाउने विभिन्न अस्पतालहरु तोकिदिएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफूलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन सकिने छ ।

















आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया