एनपीएलका लागि पोखराले छान्यो पहिलो आइकनिक प्लेयर

गण्डकी। नेपाल प्रिमियर लिग (एनपिएल)को सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ । गण्डकी प्रदेशका लागि भएको ट्यालेन्ट हन्टमा नवलपुरका सुदिप अर्याल आइकनिक खेलाडी छनौट भएका हुन् । अलराउन्डर रहेका अर्याल ट्यालेन्ट हन्टबाट छनौट भएर एनपिएल खेल्न पाउने पहिलो आइकनिक प्लेयर बनेका छन् ।
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार टिमले गण्डकी हिरोज टिमका लागि उत्कृष्ट पाँच खेलाडी छनौट गरेको छ । जसमध्ये उत्कृष्ट हुँदै आइकनिक खेलाडी बनेका अर्यालले एनपिएल खेल्ने अवसर पाएका हुन् ।
अर्यालसँगै स्याङ्जाका सन्दिप खत्री, कास्कीका कृष्ण पौडेल र सोहेल कुँवर र तनहुँका सन्दिप पराजुली गण्डकी हिरोजका रुपमा छनौट भएका छन् । ‘स्थानीय क्रिकेट र युवा खेलाडीको विकासका लागि हामीले गण्डकी हिरोजको अवधारणा अघि सारेका हौँ। । पोखरा एभेन्जर्स अन्तर्गत रहने गण्डकी हिरोजले स्थानीयसँगै प्रदेश स्तरबाट विभिन्न प्रतियोगितामा वर्षभरीनै प्रशिक्षण र प्रतिष्पर्धामा सहभागी हुनेछ,’ अध्यक्ष त्रिपाठीले भने ।
पोखरा एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठ घरेलु क्रिकेटको विकासका लागि गण्डकी हिरोजको अवधारणले टेवा पुर्याउने बताउँछन् । ‘गण्डकी हिरोजका रुपमा छनौट भएका खेलाडीलाई हामी प्रशिक्षित गर्दै स्थानिय खेलाडीको स्तर वृद्धिमा जोड दिनेछौँ,’ श्रेष्ठले भने ।
आगामी मंसिर १५देखि पुस ६ सम्म काठमाडौंमा आयोजना हुन गइरहेको एनपिएलमा पोखराका लागि नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की छन् । टिमका सल्लाहकार एवम् परामर्शदाताका रुपमा दक्षिण अफ्रिाकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स अनुबन्ध भइसकेका छन् । त्यस्तै चेन्नई सुपरकिंग्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमार मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध भइसकेका छन् ।













पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
प्रतिक्रिया