सोमबार, चैत ९, २०८२

जलवायु वित्तको माग गर्दै काठमाडौंमा र्‍याली

मेरोन्यूज २०८१ मंसिर १ गते १४:५९

काठमाडौं । जलवायु वित्तको माग गर्दै काठमाडौंसहित विभिन्न सहरमा र्‍याली निकालिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

जलवायु अभियान्ता, नागरिक समाज, पिछडिएको वर्ग, अपांगता भएका व्यक्तिह, साना किसान, आदिवासी र स्थानीय समुदायले शनिबार र्‍याली निकालेका हुन्।

र्‍यालीले अजरबैजानको बाकुमा जारी कोप २९ सम्मेलनको समर्थन गरेको छ।

 शनिबार बिहान काठमाडौंमा आयोजना गरिएको र्‍याली काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएर रत्‍नपार्क सम्म पुगेर समापन भएको छ। र्‍यालीका  क्रममा विभिन्न झाँकी प्रदर्शनका साथै सचेतनात्मक नारा पनि लगाइएको थियो।

काठमाडौंका अलवा चितवन, ढल्केबर, विराटनगर, जनकपुर, पोखरा, लमजुङ्ग, हेटौडा, बुटवल, धनगढी, धुलिखेल, धादिङ, झापा सप्तरी, सुर्खेत, र नेपालगञ्जमा समवर्ती गतिविधिहरू सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ।

औद्योगिक देशले ऐतिहासिक जलवायु ऋण, जसको अनुमानित रकम प्रति वर्ष पाँच ट्रिलियन अमेरिकी डलर ६ त्यो चुकाउनु पर्ने माग र्यालीका सहभागीहरुले गरेका छन्।

उनीहरुले अहिलेको यो अभियान भविष्यको लागि एक न्यायपूर्ण र दिगो मार्गको पहिलो किस्ता भएको र  विश्व उत्तरको विगतका कार्य र निष्क्रियताले सिर्जना गरेका गम्भीर असमानताहरू र अन्यायहरू न्यूनिकरण गर्ने दाबी गरेका छन्।

प्रतिक्रिया