बुधबार, चैत ११, २०८२

खेलकुदले खेलाडी र राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछ : हिक्मतकुमार कार्की

मेरोन्यूज २०८१ मंसिर १ गते १७:३१

सुनसरी । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यहाँ सञ्चालित अखिल नेपाल फुटबल संघ (एन्फा एकेडेमी)का खेलाडीलाई आज फुटबलका सामग्री वितरण गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

धरान उपमहानगरपालिका-१७ स्थित प्रदेश फुटबल संघद्वारा आयोजित कार्यक्रममा खेलकुद हस्तान्तरण सामग्री वितरण गर्दै मुख्यमन्त्री कार्कीले खेलकुदले खेलाडीलाई मात्र नभई समग्र राज्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने बताए ।

मुख्यमन्त्री कार्कीले भने, “फुटबलका क्षेत्रमा जुन लगानी हुनुपर्ने त्यो भएको छैन । खेल र खेलाडीमा लगानी कम हुँदाहुँदै पनि हाम्रा विभिन्न विधाका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरी मुलुकको पहिचान अन्तर्राष्ट्रिय जगतमा पुर्‍याइरहेका छन् ।”

कार्यक्रममा एन्फा एकेडेमी धरानका ३० जना खेलाडीलाई जर्सी, जुत्ता, ट्रयाक सुटलगायत फुटबल सामग्री वितरण गरिएको छ । कार्यक्रममा कोसी प्रदेशका सांसद रमेशकुमार बस्नेत, विजय राई, वरिष्ठ पत्रकार हर्ष सुब्बा, मजदुर संगठनको केन्द्रीय अध्यक्ष भीम ज्वाला राईलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया