सोमबार, वैशाख २१, २०८३

भारतीय प्रहरी र नक्सलवादी समूहबीचको झडपमा ५ विद्रोहीको मृत्यु

मेरोन्यूज २०८१ मंसिर २ गते १७:४५

भारत । भारतको छत्तीसगढ राज्यमा भारतीय प्रहरी र नक्सलवादी समूहबीच भएकोे झडपमा पाँच विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement
NiccNicc

छत्तीसगढ राज्यको अबुझमाड जंगलमा शनिबार सशस्त्र झडप भएको र झडपका क्रममा पाँच नक्सलवादी विद्रोहीको मृत्यु भएको प्रहरीले बताएको छ । यससँगै सन् २०२४ मा भएको द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्या २०० को हाराहारीमा पुगेको छ ।

सीमान्तकृत आदिवासीको अधिकारका लागि लडिरहेको बताउने नक्सलवादी आन्दोलन भनेर चिनिने विद्रोहमा १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

“सशस्त्र झडपमा पाँच माओवादी मारिएका छन्,’ वरिष्ठ प्रहरी अधिकारी पी। सुन्दरराजले एएफपीसँग भने । मारिनेमा दुई जना महिला भएको उनले बताए।

काङ्केर र नारायणपुरको सिमानामा पर्ने क्षेत्रमा प्रहरीले शवबाट राइफल र गोलीगठ्ठा बरामद गरेको थियो ।

झडपमा परी दुई प्रहरी घाइते भएका छन् । भारत सरकारका गृहमन्त्री अमित शाहले यसैमहिना (सेप्टेम्बर) मा सन् २०२६ को सुरुसम्ममा विद्रोही परास्त हुने बताएका थिए।

सन् १९६७ मा सशस्त्र अभियान सुरु भएको जिल्लाको नामबाट नामाकरण गरिएका नक्सलवादीहरू चिनियाँ कम्युनिष्ट नेता माओत्सेतुङबाट प्रेरित थिए।

उनीहरूले स्थानीय जनताका लागि भूमि, रोजगारी र यस क्षेत्रको अथाह प्राकृतिक स्रोतको हिस्साको माग गर्दै धेरै दुर्गम समुदायहरूमा प्रवेश गरेका थिए ।

सन् २०१० मा ९६ जिल्लामा विद्रोह भएकोमा सन् २०२३ मा भारतले करिब ४५ जिल्लामा सीमित भएको दाबी गरेको छ ।

प्रतिक्रिया