न्युजिल्यान्डमाथि श्रीलंका तीन विकेटले विजयी

श्रीलंका ।घरेलु मैदानमा श्रीलंकाले न्युजिल्यान्डसँगको दोस्रो एक दिवसीय खेलमा तीन विकेटको जित हात पारेको छ। आइतबार पालेकेलको घरेलु मैदानमा भएको दिवारात्री खेलमा न्युजिल्यान्डले दिएको २१० रनको लक्ष्य श्रीलङ्काले १ ओभर बाँकी रहँदा ७ विकेटको क्षतिमा पुरा गरेको हो। वर्षाका कारण खेल ४७ ओभरमा घटाइएको थियो।
श्रीलंकालाई जित दिलाउने क्रममा कुशल मेन्डिसले अविजित ७४ रन जोडे। उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए। यसैगरी पाथुन निसान्काले २८ रन जोडे। बलर हाबी भएको खेलमा नवौँ क्रममा मोबिस थक्सेनाले २८ रनको योगदान गरे। न्युजिल्यान्डका माइकल ब्रेसवेलले १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४५.१ ओभरमा सबै विकेट विकेट गुमाउँदै २०९ रन बनाएको थियो। श्रीलंकाका मार्क चापम्यानले ७६ तथा माइकल हेले ४९ रन जोडे। श्रीलङ्काका महेश थक्सेनाले ९.१ ओभरमा ३१ रन खर्चेर तीन विकेट लिए। जेफ्री भन्डर्सीले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिएका थिए।










नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सेयर बजार २४ अंकले ओरालो
एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया