खनाल–नेपाल समूह सर्वोच्च अदालत जाँदै

काठमाडौं । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह अवहेलनाको मुद्धा लिएर अहिले केही बेरमा सर्वोच्च अदालत जाने भएको छ ।
गत फागुन २३ गतेको सर्वोच्च अदालतले एमाले र माओवादी फरक – फरक पार्टी भएको फैसला सुनाएको थियो ।
आफुहरुलाई पदिय दायित्व अनुसार सम्मान नभएको र पार्टीको बैठकमा बोलाउँने कार्य समेत नगरेको भन्दै खनाल–नेपाल समूह सर्वोच्च अदालतमा केही बेरमा अपहेलना गरेको मुद्धा हाल्न पुग्ने माधव नेपाल पक्षका नेता बेदुराम भुसालले मेरोन्युजलाई जानकारी दिए ।
यसैगरी मुद्धाको मिसिल तयार गर्न बरिष्ठ अधिवक्ता शम्भु थापाले सहयोग गरेका छन् । मंगलबार केन्द्रीय कार्यलयका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले नै हस्ताक्षर गरेर नेपालपक्षका संघीय संसदका २७ जना सहित ३२ जनालाई स्पष्टीकरण सोधेका थिए ।
एमालेले संविधानको धारा ८९, राजनीतिक दल सम्बन्धी ऐनको दफा ३१ र ३२ र पार्टीको विधानको धारा ४९ लाई समेत उदृत गरेर सांसद पदबाट किन कारवाही नगर्ने भन्ने प्रश्नसहितको स्पष्टीकरण सोधेपछि नेपाल पक्ष अदालत गएको छ ।
















गण्डकीमा ७ हजार प्रहरी परिचालन हुने
One killed in syringe attack in Jhapa
Baitadi bus accident: Death toll reaches 13
27 days to HoR elections: Ballot papers printing and packing on pace
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया