खनाल–नेपाल समूह सर्वोच्च अदालत जाँदै

काठमाडौं । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह अवहेलनाको मुद्धा लिएर अहिले केही बेरमा सर्वोच्च अदालत जाने भएको छ ।
गत फागुन २३ गतेको सर्वोच्च अदालतले एमाले र माओवादी फरक – फरक पार्टी भएको फैसला सुनाएको थियो ।
आफुहरुलाई पदिय दायित्व अनुसार सम्मान नभएको र पार्टीको बैठकमा बोलाउँने कार्य समेत नगरेको भन्दै खनाल–नेपाल समूह सर्वोच्च अदालतमा केही बेरमा अपहेलना गरेको मुद्धा हाल्न पुग्ने माधव नेपाल पक्षका नेता बेदुराम भुसालले मेरोन्युजलाई जानकारी दिए ।
यसैगरी मुद्धाको मिसिल तयार गर्न बरिष्ठ अधिवक्ता शम्भु थापाले सहयोग गरेका छन् । मंगलबार केन्द्रीय कार्यलयका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले नै हस्ताक्षर गरेर नेपालपक्षका संघीय संसदका २७ जना सहित ३२ जनालाई स्पष्टीकरण सोधेका थिए ।
एमालेले संविधानको धारा ८९, राजनीतिक दल सम्बन्धी ऐनको दफा ३१ र ३२ र पार्टीको विधानको धारा ४९ लाई समेत उदृत गरेर सांसद पदबाट किन कारवाही नगर्ने भन्ने प्रश्नसहितको स्पष्टीकरण सोधेपछि नेपाल पक्ष अदालत गएको छ ।









युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ : प्रधानमन्त्री कार्की
सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन: एमाले नेता
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
प्रतिक्रिया