अभिनेता होइन वैज्ञानिक बन्न चाहन्थे शाहरुख

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानले दुबई ग्लोबल समिटमा आफ्नो अभिनय करियरको खुलासा गरेका छन् । उनले अभिनय आफ्नो लक्ष्य नभएको बताए । आफु वैज्ञानिक बन्न पढ्दै गरेको तर बुबाको मृत्युपछि पढाइ छोड्नु परेको शाहरुखले बताए।
आफ्नो अभिनय करियरको बारेमा कुरा गर्दै शाहरुख खानले भने– अभिनयको दुनियाँमा प्रवेश गर्ने कुनै योजना थिएन । धेरै पटक मलाई लाग्छ कि मैले गरेको अध्ययनको अभिनेता बन्नुसँग कुनै सरोकार थिएन। त्यतिबेला भारतमा भर्खरै टेलिभिजन आएको थियो र मैले रु १५०० पाइरहेको थिएँ, जुन त्यतिबेला मेरो लागि ठूलो रकम थियो ।
टेलिभिजनमा काम गर्दा बेलाको खुलासा गर्दै शाहरुख खानले भने– एक दिन म स्कुटरमा घर जाँदै थिएँ । मलाई देखेपछि दुई जना महिला चिच्याउन थाले । उनीहरुको खुसी देखेर मैले आफैँलाई भनेँ कि यो त मैले गर्नुपर्ने हो । म जनतालाई खुसी बनाउन चाहन्छु। त्यही भएर म अभिनेता भएँ ।
शाहरुख खानको वर्कफ्रन्टको कुरा गर्दा उनी छोरी सुहानासँग फिल्म ‘किंग’ मा देखिनेछन् । सुजोय घोषको निर्देशनमा बनेको यो फिल्म सन् २०२६ को इदमा रिलिज हुनेछ ।
















ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
प्रधानमन्त्री बालेनले आज संसदमा महिला आयोगको प्रतिवेदन पेस गर्दै
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया