पिठो तथा इन्धनको अभावले गाजामा बेकरीसमेत बन्द हुने अवस्थामा ; राष्ट्रसङ्घ

न्यूयोर्क । राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले गाजा पट्टीमा भोकमरीमा परेका प्यालेस्टिनीहरूका लागि जीवन बचाउको रूपमा सेवा गरिरहेका बेकरीहरूसमेत पिठो तथा इन्धनको अभावका कारण बन्द हुने अवस्थामा रहेको चेतावनी दिएको छ ।
ओसिएइचएले आफ्नो दैनिक प्रतिवेदनमा हालको समयमा उत्तरी गाजाका केही भागहरू अनिकालको जोखिममा रहेको समेत जनाएको छ ।
यसका साथै गाजा पट्टीको मध्य र दक्षिणी भागहरूमा, गम्भीर भोकमरीको सामना गर्ने बाध्य परिवारहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको रिपोर्ट गरिरहेको यसले जनाएको छ ।
“विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का सहकर्मीहरूलाई उदृत गर्दै ओसिएएचएले हाल गाजामा मानवीय साझेदारहरूद्वारा समर्थित १९ वटा बेकरीहरू मध्ये सातवटा मात्र सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
पिठोको अभावकै कारण यस हप्ताको सुरुमा अन्य धेरै बेकरीहरू बन्द गर्न बाध्य भएको यसले स्पष्ट पारेको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया