एकसय आठ जना दीर्घरोगीलाई आर्थिक सहयोग
मेरोन्यूज
२०८१ मंसिर ८ गते ८:३०

तनहुँ । तनहुँको व्यास नगरपालिकाले एक सय आठ जना दीर्घरोगीलाई पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ ।
क्यान्सर, मुटुरोग, मिर्गौला फेल भएका, कलेजो प्रत्यारोपण गरेका बिरामीलाई आर्थिक सहयोग गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेका अनुसार ज्येष्ठ नागरिक, सुत्केरी, विपन्न नागरिक, मानसिक रोगी गरी ३४ जनालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ ।
त्यसैगरी विपन्न नागरिक, क्यान्सर, मुटुरोगी, मिर्गौला फेल भएका ३२ जनालाई उपचारका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको उनको भनाइ छ । गर्भवती पोषण सहयोग कार्यक्रमअन्तर्गत एक सय ११ जना महिलालाई पाँच हजारका दरले आर्थिक सहयोग गरिएको छ ।
सम्बन्धित









झापा भिरबाट लडेर एक जनाको मृत्यु
देउवा-ओलीबीच भेट
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
सेयर बजारमा १३ अंकको गिरावट, तीन अर्ब ५१ करोडकाे काराेबार
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया