महाराष्ट्र र झारखण्डमा भाजपा नेतृत्वको गठबन्धनलाई सुरूवाती अग्रता

काठमाडौं । भारतको महाराष्ट्र र झारखण्ड विधानसभा चुनावको मतगणना सुरू भएको छ।
शनिबार बिहान साढे ८ बजेपछि सुरू भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार महाराष्ट्र र झारखण्ड दुवै विधानसभामा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले सुरूवाती अग्रता लिएको छ।
भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सका अनुसार महाराष्ट्रका २८८ मध्ये ७३ सिटको मतगणना जारी छ।
त्यसमध्येका ६२ सिटमा भाजपा नेतृत्वको गठबन्धनले अग्रता लिएको छ। कंग्रेस आई नेतृत्वको गठबन्धनले ७ सिटमा मात्रै अग्रता लिएको छ।
त्यस्तै झारखण्डको ८१ मध्ये ३१ सिटको मतगणना सुरू हुँदा भाजपा नेतृत्वको गठबन्धन्ले २४ स्थानमा अग्रता लिँदा ७ सिटमा झारखण्ड मुक्ति मोर्चा र कंग्रेस आईसहितको गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।
२८८ सदस्यीय महाराष्ट्र विधानसभामा बहुमतका लागि १४५ सिट र ८१ सदस्यीय झारखण्ड विधानसभाका लागि ४१ सिट जित्न आवश्यक रहन्छ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया