कर दिवस : उत्कृष्ट चार उद्योग सम्मानित

जनकपुरधाम । तेह्रौँ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित भएका छन् । आन्तरिक राजस्व कार्यालय जनकपुरधामद्वारा आज जनकपुरधाममा आयोजित कार्यक्रममा क्षिरेश्वर डिस्टलरी धनुषा, रक्षा ट्रेडर्स एण्ड सप्लायर्स महोत्तरी, नेपाल भेनियर उद्योग सर्लाही तथा सुनिता आयल सेन्टर सिन्धुली सम्मानित भएका हुन् ।
आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख आनन्दकुमार गुप्ताले उद्योगी र व्यवसायीले आफ्नो आम्दानीबाट विनाअवरोध कर तिरेर असल नागरिकको पहिचान सावित गर्नुपर्ने बताए । मधेस प्रदेशका प्रमुख लेखा नियन्त्रक वीरेन्द्रकुमार मिश्रले सरकार र करदाता आपसी मित्रवत् व्यवहारबाट कर सङ्कलन गर्नुपर्ने बताए ।
जनकपुर भन्सार कार्यालयका प्रमुख मानबहादुर पौडेलले राज्यको कर छल्नु गलत काम भएकाले समयमा आफ्नो हिसाबकिताब गरेर कर दाखिला गर्नुपर्ने आग्रह गरे । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका कोषाअध्यक्ष परमेश्वर साहले प्रत्येक वर्षको करका दरमा गर्ने बढोत्तरीले व्यवसायी तथा उद्योगी समस्यामा परेको गुनासो गरे ।
नेपाल पत्रकार महासङ्घ धनुषाका कार्यवाहक अध्यक्ष अवधेश कामतले भन्सार राजस्वमा वृद्धि गर्न तथा व्यावसायिक वातावरण बनाउन आग्रह गरे ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया