कर दिवस : उत्कृष्ट चार उद्योग सम्मानित

जनकपुरधाम । तेह्रौँ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित भएका छन् । आन्तरिक राजस्व कार्यालय जनकपुरधामद्वारा आज जनकपुरधाममा आयोजित कार्यक्रममा क्षिरेश्वर डिस्टलरी धनुषा, रक्षा ट्रेडर्स एण्ड सप्लायर्स महोत्तरी, नेपाल भेनियर उद्योग सर्लाही तथा सुनिता आयल सेन्टर सिन्धुली सम्मानित भएका हुन् ।
आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख आनन्दकुमार गुप्ताले उद्योगी र व्यवसायीले आफ्नो आम्दानीबाट विनाअवरोध कर तिरेर असल नागरिकको पहिचान सावित गर्नुपर्ने बताए । मधेस प्रदेशका प्रमुख लेखा नियन्त्रक वीरेन्द्रकुमार मिश्रले सरकार र करदाता आपसी मित्रवत् व्यवहारबाट कर सङ्कलन गर्नुपर्ने बताए ।
जनकपुर भन्सार कार्यालयका प्रमुख मानबहादुर पौडेलले राज्यको कर छल्नु गलत काम भएकाले समयमा आफ्नो हिसाबकिताब गरेर कर दाखिला गर्नुपर्ने आग्रह गरे । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका कोषाअध्यक्ष परमेश्वर साहले प्रत्येक वर्षको करका दरमा गर्ने बढोत्तरीले व्यवसायी तथा उद्योगी समस्यामा परेको गुनासो गरे ।
नेपाल पत्रकार महासङ्घ धनुषाका कार्यवाहक अध्यक्ष अवधेश कामतले भन्सार राजस्वमा वृद्धि गर्न तथा व्यावसायिक वातावरण बनाउन आग्रह गरे ।















इनिशा विक हत्या प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग
बागमती सरकारको आठ महिनाको खर्च १७ प्रतिशत
काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै
असिनाले फलफूल र तरकारी बालीमा क्षति
Demonstration held in Kakarvitta demanding justice to Inisha
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया